परमेश्वरलाई प्रेम गर्नेको निम्ति
F3/4
Chorus
(परमेश्वरलाई प्रेम गर्नेको निम्ति भलाइ हुँदछ
दुर्घटना, विपद, दुःखसुखमा उनको योजना रहन्छ) (२)
Verse
(बुझ्न सकिन्न कति घटना तत्कालै हुँदामा) (२)
प्रार्थना हाम्रो नपुगेजस्तो परमेश्वर पितामा
उनको समय बेग्लै छ, बेग्लै हाम्रो भन्दा नि अति फरक
(सङ्गालिराख्छन् हरेक पुकार जवाफ आउँछ वर्षाको भेलझैँ) (२)
Verse
(बुझ्न सकिन्न कसरी बन्छौँ ख्रीष्टको प्रतिरुपमा) (२)
फसेझैँ लाग्छ दिनदिनै आफू झन् जटिल पापैमा
परमेश्वरको वचन यो हो, विश्वास गर्छौ पक्रिराख्छौँ
(जब ख्रीष्टलाई देख्छौँ, उहाँजस्तै हुन्छौँ,
महिमित बन्दै, स्वर्गको दूतभन्दा) (२)