KB · Hymns · #438
आदिमा जुन प्रकार अँध्यारो र उजार पार्नुभयो नाश
G3/4Translated
Verse
आदिमा जुन प्रकार अँध्यारो र उजार पार्नुभयो नाश, अब त्यसै, हे ईश्वर
सुसमाचारको घाम नपुगेको सब स्थान उज्यालै होस्
Verse
लोक आउनुभो’ तपाईं सब जनको लागि ल्याई लगाई प्रकाश
रोगी बिसेक पारी, अन्धोलाई प्रकाश गराई, हे ख्रीष्ट अब सबैलाई उज्यालै होस्
Verse
हे पवित्र आत्मा जियाउने परेवा वेग उड़्नुहोस्
गरी भाँड़ो घुमाई अनुग्रह दान खन्याई, अँध्यारो गर्नु क्षय उज्यालै होस्
Verse
हे पिता, पुत्र, आत्मा, धन्य त्रिएक महा त्राण पूर्ण होस्
सागरझैँ हो अपार, जगत्का दिशै चार सच्याउनलाई संसार उज्यालै होस्