KB · Hymns · #558
ईश्वरको यो वरदान मेरो यो जीवन
D4/4
Chorus
ईश्वरको यो वरदान मेरो यो जीवन,
एकलै बस्न सृजेको होइन,
(आजन्म साथ दिँदैनौ भने त,
पलभरको माया मलाई चाहिँदैन) (२)
Verse
(पहाड़जत्रो यो जिन्दगीमा एकलै बसूँला
भनेर चिताएको छैन) (२)
(तिम्रै विश्वासमा आफूलाई सुम्पी) (२)
(मनमा कुनै थोक लुकाएको छैन) (२)
Verse
(बर्बाद नबनोस् यो मेरो जीवन,
मीठा-मीठा कुराले, अभिलाषाले) (२)
(समर्पण हुँदैछु तिमीसामु आज) (२)
(ईश्वर छन् साक्षी तिमी याद राख) (२)