KB · Hymns · #568
आऊ अब प्रकाशमान होऊ
A3/4
Chorus
आऊ अब प्रकाशमान होऊ ज्योतिका सन्तान भई
अन्धकार सबलाई त्यागेर महिमा र पूर्णतामा आऊ
Verse
(महान् आज्ञालाई पूरो गर्न ज्योति धारण गर्नुछ) (२)
जिउँदो वचनलाई शक्तिको साथमा
ज्योतिको सन्तान भई यो विश्वलाई सुनाउनुछ
Verse
(सियोनका राजालाई स्वागत गर्न राजपथ हामीले बनाउनुछ) (२)
लिएर उपहार त्यो, हेर, कोही आउँदैछन्,
ज्योतिका सन्तान भई यो पुस्तालाई बचाउनुछ