KB · Hymns · #571
ख्रीष्टलाई पुज्नेहरूले भन्थे
E4/4
Chorus
ख्रीष्टलाई पुज्नेहरूले भन्थे जीवन यो दुइ दिनको चोला हो, साथी
जीवन यो बगेको खोला हो, साथी
जीवन यो दुइ दिनको चोला हो ...
ख्रीष्टलाई पुज्नेहरूले भन्थे ...
Verse
(सक्छौ भने हेर आफैलाई, तिमी कहाँ हराइरहेछौ
सांसारिक नशाले तिमी आफैलाई गुमाइरहेछौ) (२)
(क्रूसलाई हेर त रगत बग्दैछ) (२)
(रगतले तिमीलाई बचाउन खोज्दैछ) (२)
Verse
(सुखमा तिम्रा सबै साथी छन्, दु:ख बुझ्ने कहाँ को छ र ?
प्रेम गर्छु भनी टोपल्छन्, साँचो प्रेम कसले गर्छ र ?) (२)
(येशूले तिमीलाई बोलाउन खोज्दैछन्) (२)
(अनन्त जीवन दिई बचाउन खोज्दैछन्) (२)