पिता डोर्याई दिन दिनै तपाईंका इच्छामा नै
C4/4
Verse
पिता डोर्याई दिन-दिनै तपाईंका इच्छामा नै
स्वच्छ, शुद्ध मन दिई सत्य सिकाउनोस् मलाई
Verse
विपद्मा दिई साहस, बसी छेउ रक्षा गर्नोस्
निर्भर राख्नुहोस्, मलाई ममा प्रेम दृष्टि लगाई ।
Verse
परीक्षाका सबै दिनमा दृढ़ता दिनुहोस् मनमा
जब हुन्छु सामर्थहीन, रक्षा गर्नुहोस् त्यो दिन ।
Verse
हुन्छु खुशी आशिष् पाई, नभुलूँ म तपाईंलाई
हुन्छन् हर्षित सबैजना, चिनेर तपाईंको मन ।
Verse
जे-जे राम्रो छ गर्छु, तपाईंको बालक हुन्छु
आउँछु जब स्वर्गमा बस्छु सधैँ नै वहाँ ।