KB · Hymns · #56
गाऔँ मसीहको जयगान
D4/4
Chorus
गाऔँ मसीहको जयगान र धन्य भन उनको नाम,
पृथ्वी तलको नर-नारीको (२) एक सहारा मसीह (२)
Verse
मुक्तिको पथलाई प्रचार गर्दै जीवन मसीहले बिताए
पाप र श्राप मेटाउन मसीहले क्रुसमा रगत बगाए ।
Verse
अन्धकार जगको अँध्यारोलाई प्रेमी मसीहले हटाए
प्रेम प्रचार्दै, प्रेम बढ़ाउँदै ईर्ष्या र द्वेष मेटाए ।
Verse
पथिकहरुलाई पथ दर्शाउँदै ईश्वर नाता जोड़ाए
पापको बन्धनमा हामी परेथ्यौ प्यारो मसीहले छुटाए ।
Verse
अमोल प्रेम जो मसीहमा पाउँछौँ त्यो छाड़ी कहाँ जाऔँ ?
मुक्ति र शान्ति जो उनमा पाउँछौँ जयजयकार उनकै गाऔँ ।