KB · Hymns · #365
जीवनको बाटो काँड़ाले पूर्ण
D74/4
Verse
जीवनको बाटो काँड़ाले पूर्ण,
संग्राम छ भारी मन हुन्छ चूर्ण
मरुझैँ शुष्क हुन्छ कहिले,
रसिलो अनि भरिलो पहिले
समय त्यो थियो चिन्न तपाईंलाई,
धन्यवाद प्रेमी परमेश्वर पिता
देख्दछु म त्यो बादलको खाँबो
उज्ज्वल चम्किलो डोर्याउने मलाई ।
Verse
अन्धकार कस्तो, ढाक्दछ मलाई,
निराशको नित्य हुँदैछ बढ़ाइ
कसरी हिँड़्नु, पाइला कहाँ हाल्नु,
चाहन्नँ प्रभु, जीवन यो फाल्नु
धन्यवाद, पिता, कालो बादलको
पारि देख्दछु ज्योति जीवनको
सोध्न मन लाग्छ किन, हे प्रभु,
सिकाउनुहोस् मलाई, धैर्य, हे येशू ।
Verse
लछार र पछार संसारको अति
घिनलाग्दो पापमय छ मेरो गति
लड़ाइँ र झगड़ा छ देश-विदेशमा,
घमण्ड छ तिनको विध्या र भेषमा
धन्य छ येशू मेरो हो आशा,
बादलमा उज्ज्वल देख्नेछु राजा
सबैका मालिक, शान्तिका दाता,
शक्तिका प्रभु ख्रीष्ट मुक्तिदाता ।
आउनुहुनेछ (३), चाँड़ै नै
महिमित बादलमा येशूजी आउनुहुनेछ ।