KB · Hymns · #722
जीवित सामर्थी महान् हाम्रा प्रभुलाई
D3/4
Chorus
जीवित, सामर्थी, महान् हाम्रा प्रभुलाई
हृदय खोली चढाउँ आदर महिमा सधैं
पवित्रतामा, सत्यतामा भक्ति र आराधना
नित्य नित्य चढाऊँ उहाँकै चरणमा (२)
Verse
अद्भुत पराक्रमी सर्वशक्तिमान प्रभुलाई
नित्य, चौबिस प्राचीनले पनि जय जयकार गर्दछन्
उहाँकै पराक्रम र वैभव पवित्रतालाई
हृदय खोली, शिर निहुराई दण्डवत् गरौं ।
Verse
शद्ध, विवेक भक्ति र भाव अनि प्रेमले
थरथराई, डराई अनि झुकौं श्रद्धा र भक्तिले
उहाँकै दया करूणा भलाईलाई नै सम्झी
पवित्र आत्माले चढाऊँ आराधना उहाँलाई ।