KB · Hymns · #153
नभर्म भाइ हो, दुनियाँको जालमा
G2/2
Verse
नभर्म भाइ हो, दुनियाँको जालमा
नपर बहिनी, शैतानको खालमा,
त्यो हाम्रो सारो दुष्ट दुश्मन हो
त्यो छोड़्नु साँचै भाइ हो, खुशमन हो ।
Verse
मन फर्काऊ भाइ हो, यो पापैदेखि
पश्चात्ताप गरूँ रोई-रोई हो कि,
आशा ता गरूँ भाइ हो ख्रीष्टैमा
सुख पाउँछौँ प्रिय भाइ हो, स्वर्गलोकमा ।
Verse
छोड़िदेऊ भाइ हो, चालचलन बुरो
नगर बैनी, नराम्रो कुरो,
प्रेम गर्दै प्रभु ख्रीष्टलाई पछ्याऊ
नराम्रो चाल र स्वभाव सच्याऊ ।
Verse
प्रेम गर भाइ हो, सबसँग एकै
जय जय होस् प्रभु, यो तिम्रै आज्ञै
आपसमा मिलिबस सबैसाथ
हेर, म हुन्छु सब दिन तिम्रोसाथ ।