KB · Hymns · #758
कस्तो बलियो जग
E2/2Translated
Verse
कस्तो बलियो जग, हेर पवित्र जन तिम्रो विश्वासको जग, ख्रीष्टको श्रेष्ठ वचन
पर्याप्त छ उनको वचन तिमीलाई, जो येशूकहाँ शरण पाउनलाई
Verse
नडरा म छु नजीक, नहो निराश, म हुँ तेरा परमेश्वर, गर्छु गुहार
मेरो धार्मिकताको दायाँ हातले तँ खडा हुनेछस् मेरो सामर्थ्यले
Verse
आगोको परीक्षा भएर जाँदा, मेरो अनुग्रह प्रशस्त हुन्छ सदा
ज्वालाले तँलाई पोल्नेछैन कतै, कसरलाई फालेर खारिन्छस् सुन जस्तै
Verse
त्यो प्राण जो शरण लिन्छ ख्रीष्ट येशूमा छोड्दिन कदापि शत्रुको हातमा
त्यो प्राणलाई शैतानले खोजे नाश गर्न म कदापि, कदापि त्यो त्याम्नेछैन