KB · Hymns · #701
मेरो लागि येशू तिमीले कति पिड़ा सहथ्यौ
D4/4
(मेरो लागि येशू तिमीले कति पिड़ा सहथ्यौ मानिसले थुके
तिमीलाई कोर्रा लगाए तिमीलाई मेरो नै निम्ति प्रभु तिमीले,
मलाई बचाउन प्रभु तिमीले आफैलाई क्रूसमा टाँगिदियौ) (२)
मेरो निम्ति... मेरो निम्ति... मेरो निम्ति ।)(2)
Verse
सिकाउ येशू मलाई तिमी जस्तै हुन क्रूसको
त्यो पिड़ा सहेर पनि मानिसलाई क्षमा दिन
कसरी तिमीले सक्यौ मेरो लागि यो सबै गर्न
कोखबाट बगेको रगतमा मलाई तिमीले धोयौ
भक्कानो फुटेर आउँछ मनमा, मन पग्लेर भरिन्छ गहमा
जब डुब्छु तिम्रो मायामा, प्रभु येशू तिम्रो मायामा ।