KB · Hymns · #109
किद्रोन खोलापारि एक साँझ
G2/4
Verse
किद्रोन खोलापारि एक साँझ हाम्रो प्रभु ख्रीष्टले
दुःखित हुँदै यो बिन्ती गरे (२)
त्यस बारीमा आफ्नो लागि
सम्भावना भए यो प्याला मदेखि तर्काईदिनुहोस्,
तैपनि इच्छा तपईंको ।
Verse
सबैले ख्रीष्टलाई छाड़े पकड़ाइँदा उनी,
सामना गरी निष्ठुरी मामला (२)
अदालतमा उनी एकलै,
आखिरमा येशूलाई वहाँ दण्ड-आज्ञा दिए सबैले,
बरब्बा मुक्त गराइयो ।
Verse
प्रभु क्रूसमा टाँगिए चोर र डाकूको सँग
पापको बोझ र दुःख सहँदै (२),
गलगथामा रक्त बहाए
तब उनले भने, अब समाप्त भयो मेरो काम,
हे पिता, लिनोस् मेरो प्राण ।
Verse
जीवन ख्रीष्टले दिनलाई गरे मृत्यु सामना
थाहा छ को तिमीलाई सो कुरा (२),
जो कलवरीमा तिम्रो लागि
पर्खन्छन् आज ख्रीष्ट भन्दै तिमीलाई मधुर स्वरैमा
आउन पाउनेछौ जीवनमा ।