KB · Hymns · #770
उपकारको भेटी ख्रीष्टका निम्ति
Chorus
उपकारको भेटी ख्रीष्टका निम्ति (२)
हर्षित तुल्याउने सुगन्ध अनि, ग्रहणयोग्य बलिदान हो ।
Verse
सुन चाँदी सहित सृष्टि गरे पृथ्वीलाई महिमित प्रभुले (२)
प्रभु भन्छन् - “सुन चाँदी हुन् मेरा चाहन्नँ केही सहारा” (२)
यसकारण प्रभुलाई केही थोक दिन भार र कर होइन हो सौभाग्य । (२)
Verse
प्रभुका जन दाऊदले भन्छन् - “हामीहरूसँग के छ र ? (२)
जति सम्पत्ति बटुलेका छौं सबै यी तिम्रै हुन् (२)
तिम्रै हातद्वारा नै पाएका हौं, तिमीलाई नै चढाउँछौ ।” (२)
Verse
हर्षसहित दिने विश्वासीलाई प्रभुले प्रेम गर्दछन् सधैं (२)
यसकारण चित्त नदुखाइकन हर्षसहित दिऊँ उनलाई (२)
जसले थोरै छर्छ, थोरै बटुल्छ धेरै छरौं खूबै बटुलौं । (२)
Verse
के मानिसले सत्य परमेश्वरलाई छल्न या लुट्न सक्दछ र ? (२)
तर पनि प्रभुको भाग नदिई नित्य लुट्दंछौं उनलाई (२)
यसकारण प्रभुलाई आदर गरेर उनको भाग ल्याऊँ उनको भवनमा । (२)
Verse
सत्य प्रभुको प्रतिज्ञा यो छ, “सम्पूर्ण दशांश भण्डारमा ल्याऊ (२)
त्यसपछि मलाई जाँची हेर आशिष दिन्छु या दिन्नँ ? (२)
स्वर्गका झ्यालहरू खोलेर हूबै आशिष वर्षाउँछु या वर्षाउन्नँ ? (२)
Verse
दिएर पनि आशिष् नपाऊँ तर पनि म दिन्छु नै (२)
घटी पनि मेरो पूर्ण नहोस् दिनु मैले पर्छ नै (२)
किनकि म छु ऋणी मेरा प्रभुको नछुट्ने गरि नित्य छु ऋणी । (२)
Verse
सब थोक दियौ प्रभु मेरा निम्ति सक्तिनँ वर्णन गर्न यसको (२)
हृदय प्रशंसाले भरिन्छ, दिन चाहन्छु केही थोक (२)
प्रेमी ख्रीष्ट प्रभुलाई म दिनेछु हर्षसहित म दिनेछु । (२)