KB · Hymns · #13
स्तुतिको योग्य महिमाको परमेश्वर
D2/2
Chorus
स्तुतिको योग्य महिमाको परमेश्वर,
(पापीको सब पापलाई मेटाउने) (२)
तपाईंको दर्शन पाएर अटल भई
(त्यागेर संसार पछ्याउँछु प्रभुलाई) (२)
Verse
(अन्धकारपूर्ण छ यो पापी संसार,
शैतानको पासो र जाल छन् हजार) (२)
तपाईंको दर्शन पाएर अटल भई,
(त्यागेर संसार पछ्याउँछु प्रभुलाई) (२)
Verse
(गर्जने सिंहझैँ वैरी कराउँछ,
पानीको छाल्झैँ मनलाई हल्लाउँछ) (२)
तपाईंको शक्ति पाएर अटल भई,
(त्यागेर संसार पछ्याउँछु प्रभुलाई) (२)
Verse
आँधीझैँ शैतान तर्साउन आउँछ,
कमजोर विश्वासको जरा हल्लाउँछ) (२)
तपाईंको चरणमा बसेर अटल भई,
(प्रशंसा जयजयकार चढ़ाउँछु तपाईंलाई) (२)
Verse
(स्वर्गीय घरको दर्शन दिनुहोस्,
फेरि एकचोटि ओर्लिआउनुहोस्) (२)
आत्माको आगोले प्रत्येकलाई जगाउनुहोस्,
(बिन्ती यो हाम्रो ग्रहण गर्नुहोस्) (२)