KB · Choruses · #153
यी ओठले सदा तपाईंको प्रशंसा गाइरहून्
G4/4
यी ओठले सदा तपाईंको प्रशंसा गाइरहून्
यी आँखाले सदा तपाईंलाई खोजिरहून्,
मेरो यो हृदयले सदा तपाईंको प्यारको चाहना गरोस्
यी मेरो दुइ हातहरूले प्रेमको खातिर सेवा गरुन्
परम परमेश्वरलाई धन्यवाद सदा
मर्नुभो’ क्रूसमा मजस्तोले गर्दा
भुल्ने म छैन प्रेमको बलिदान
प्रशंसा जयजयकार ईश्वर महान् (२)