KB · Hymns · #116
देखेका छौ के तिमीले
Em4/4
Chorus
देखेका छौ के तिमीले मेरा मुक्तिदातालाई
सुनेका छौ के तिमीले उनको मधुर वाणीलाई
Verse
धर्मीलाई त होइन तर, बचाउन आए पापीलाई,
मृत्युदेखि पार तारी, अनन्त जीवन दिनलाई (२)
Verse
हामीलाई पीर के छ, चढ़े येशू क्रूसमा,
हात-खुट्टा झुण्डिए काँटीको गहिरो चोटसाथ (२)
Verse
शिरबाट बग्यो रगत, उनियो भाला कोखामा,
निर्दोष थिए प्रभुजी, सहनु थियो हाम्रो पाप (२)