KB · Hymns · #11
आदिमा थिए परमेश्वर
G4/4
Verse
आदिमा थिए परमेश्वर, सब थोक छ दिनमा सिर्जे
सोमबार बनाए, उज्यालो, मंगलबार आकाश सिर्जे
Chorus
हल्लेलूयाह (३) यहवे, गाऊ हल्लेलूयाह यहवे
Verse
बुधबार वनस्पति, खानी, सिर्जे सागर र भूमि
बिहीबार घाम, जून, तारा, बादल, बज्र, वर्षा, बिजुली
Verse
शुक्रबार साना-ठूला जन्तु बगिहिँड़्ने सागरमा
त्यही दिन उड़्ने सबै पक्षी, चीलधरि र भुसुना
Verse
शनिबार धरतीमाथि हिँड़्ने वन-पशु र घरैया
सिर्जे मानिस आफ्नै रूपमा, दिए अधिकार सब थोकमा
Verse
छ दिनमा काम भो समाप्त, सातौँ दिन बिसाउनुभो
आइतबार बिसाऊ तिमी पनि भनी सेवा गर मेरो
Verse
आदि-अन्त सर्वशक्तिमान् याह्वे, राजा सर्वमहान्
नर-नारी, बालक, वृद्ध गाऔँ उनको स्तुतिगान