परमप्रभुको व्यवस्था सिद्ध छ
Verse
परमप्रभुको व्यवस्था सिद्ध छ, आत्मालाई जागृत गराउने
परमप्रभुको साक्षी-वचन पक्का छ, निर्बोधलाई बुद्धिमान तुल्याउने ।
Chorus
सुनभन्दा ज्यादै निक्खुर, औ मनले चाहने योग्य हुन्छ
मह र महको चाकाभन्दा पनि, मिठासपूर्ण छ ।
Verse
परमप्रभुको आदेश ठीक छ, हृदयलाई हर्षित तुल्याउने
परमप्रभुको आज्ञा निर्मल छ, आँखालाई ज्योतिर्मय पार्ने ।
Verse
परमप्रभुको भय शुद्ध छ, अनन्तकालसम्म रहने
परमप्रभुका न्याय वचन सत्य, अति नै धर्ममय छन् ।
Verse
परमप्रभुको व्यवस्थामा रहने, नदीको किनारको बोट झैं हो
जसले आफ्नो ऋतुमा फल दिँदछ, पात जसको कहिल्यै ओइलिन्न ।
Verse
परमप्रभुको आदेश बिर्सन्नँ, जसद्वारा सजीव बन्छु म
सान्त्वना संकटमा यही छ, प्रभु विश्वासयोग्य छन् प्रतिज्ञा पूरा गर्नलाई ।