KB · Hymns · #731
धेरै नै माथि महिमित देशमा
Chorus
धेरै नै माथि महिमित देशमा मेरो छ एउटा घर (२)
चाँडै नै येशू आउनु भएर पुर्याउनेछन् सरासर (२)
Verse
सानो घरको छानो मनि, थोरै कुरो भए पनि
सबैभन्दा सुखी छु म, कारण साथ छन् जयवन्त येशू ।
यहाँ सधैं बस्ने होइन महिमित देशमा जानुछ
सुन्दर शहर सुनको सडक, किनार स्वच्छ चाँदीको छ । (२)
Verse
सम्दै उहाँको स्तुति गाउँदै सन्तहरूसित हिँड्नेछु
वीणा वजाउँदै गाउँनेछु म, मुकुट पाई रमाउनेछु ।
यो हो तेरो चम्किलो घर, भन्छन् मलाई प्रेमी ईश्वर
तयार छ यो तेरो लागि, राज गर् यहाँ सधैं नानी । (२)