KB · Hymns · #749
धेरै नै फल ल्यायौ भने पिताको महिमा हुन्छ
C3/4
Chorus
धेरै नै फल ल्यायौ भने, पिताको महिमा हुन्छ
यसरी नै फल फल्दै जाऊ, तब उनका चेला हुन्छौ । (२)
Verse
जलले सिँचिएको बगैंचाझैं, हुनेछौ पानीको नर्झरझैं (२)
अनिकालमा तृप्ति दिँदै, नित्य तिमीलाई लिई हिँडाउनेछन् (२)
हड्डी हुन्छन् हराभरा (२) अत्यन्तै फलवान् बन (२)
Verse
नाङ्गा डाँडा र मरुभूमिमा, प्रभुले बहाउँछन् नदीहरू (२)
सुख्खा खेत र भञ्ज्याङबाट, बही निस्कनेछन् झरनाहरू (२)
हाम्रै महान् प्रभु ख्रीष्टमा (२) अत्यन्तै फलवान् बन (२)
Verse
उलँदै बहने नदीजस्तो, प्रभुजी आफ्नै शान्ति दिन्छन् (२)
आफ्नो धनले तिमीलाई भर्दै, वृद्धकालसम्म नै सम्हाल्नेछन् (२)
हाम्रै महान् प्रभु ख्रीष्टमा (२) अत्यन्तै फलवान् बन (२)
Verse
ती गुङ्गाहरू गाउने भए, लङ्गडा उफ्रँदै कुद्ने भए (२)
यसैकारण सारा सन्तगण, प्रशंसा गर्दछन् क्षण प्रतिक्षण (२)
कृतज्ञ भई स्तुति गरौं, हल्लेलूयाह गरौं । (२)