KB · Hymns · #303
हे ईश्वर उहिलेको उद्धार
C4/4
Verse
हे ईश्वर उहिलेको उद्धार आशा भविष्यको
आँधी बतासमा हाम्रो आड़ अनन्त लोक हाम्रो ।
Verse
तपाईंको गद्दी छायामा हामी निडर बस्छौँ,
तपाईंको हातमा भरोसा राखी सुरक्षित छौँ ।
Verse
जगको सृष्टि भन्दा अघि तपाईं हुनुहुन्छ
परमेश्वर अनादिदेखि अनन्त कालसम्म ।
Verse
वर्ष हजार एक क्षण जस्तो तपाईंको दृष्टिमा
बिलाउँछ जस्तै अँध्यारो सूर्यको ज्योतिमा ।