KB · Hymns · #584
म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान् पिता
Em4/4
म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान् पिता,
स्वर्ग र पृथ्वी सृजनेमाथि
अनि उहाँको एक्ले पूत्र हाम्रा प्रभु येशू ख्रीष्टमाथि ।
उहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो,
कन्ये मरियमदेखि जन्मनुभयो, पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो ।
क्रूसमा टाँगिनुभयो, मारिनुभयो अनि गाड़िनुभयो, आत्मालोकमा उत्रनुभयो ।
तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ़िजानुभयो ।
सर्वशक्तिमान् ईश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ
जहदिँखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ ।
म विश्वास गर्दछु पवित्र आत्मामाथि ।
पवित्र विश्व मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पाप मोचनमाथि,
शरीरको पुनरुत्थानमाथि र अजम्मरी जीवनमाथि । आमिन् ।