KB · Hymns · #146
हे पवित्रात्मा, हृदयमा फलाउनोस्
G3/4
Verse
हे पवित्रात्मा, हृदयमा फलाउनोस् आफ्मो फल
हे भावीवक्ताको प्रेरणा, जीवन र प्रेमको मूल ।
Verse
हे पवित्रात्मा, जसदेखि बोल्थे भाविवक्ता
रहस्य बुझ्न पाऔँ भनी खोलिदिनुहोस् ताल्चा ।
Verse
हे स्वर्गीय ढुकुर, जगमाथि फैलाउनोस् पखेटा
हाम्रो सांसारिक रात हटाई उज्यालो होस् आत्मा ।
Verse
जब ईश्वर-आत्मा मनमा आई फैलाउँदछन् ज्योति
तब आफैद्वारा ईश्वरलाई चिनौँला सब हामी ।