KB · Hymns · #23
कोक्रो उनको छैन डुँड़ नै ओछ्यान भो
G3/4Translated
Verse
कोक्रो उनको छैन, डुँड़ नै ओछ्यान भो’,
सानो प्रभु येशू गोठमा पस्रिए
स्वर्गदेखि ताराहरू उनलाई हेर्दै गए, सानो प्रभु येशू परालमा सुते ।
Verse
गाई-गोरू कराए, बालक बिऊँझिए, न उनी कराए, न कैले रोए
हे प्रभु प्यार गर्छु, स्वर्गबाट हेर्नू र बिहानैसम्म मसँग रहनू ।
Verse
प्यार गर्नुहोस् मलाई यो बिन्ती गर्छु, अनन्तसम्म हुनुहोस् नजीक
प्रभु आशिष् सबलाई दिई सबको रक्षा गर्नोस् हामीलाई
स्वर्गलोकमा बस्ने योग्य पार्नोस् ।