KB · Hymns · #187
राजा येशू आए, हल्लेलूयाह आए
G4/4
Chorus
राजा येशू आए, हल्लेलूयाह आए (२)
शैतानलाई जीत्नका लागि राजा येशू आए (२)
Verse
पापको क्षमा पाई हुन्छु म आनन्दित (२)
मनलाई शुद्ध पार्नलाई राजा येशू आए (२)
Verse
यस संसारमा पाप र दुःख हुन्छन् धेरै-धेरै (२)
सत्य शान्ति दिनलाई राजा येशू आए (२)
Verse
येशू महाराजा, महाप्रभु येशू (२)
हल्लेलूयाह सबले भन राजा येशू आए (२)