KB · Hymns · #684
मेरो विश्वासको सानो सदनमा
F3/4
Chorus
मेरो विश्वासको सानो सदनमा नयाँ बिहानीको किरण भयौ,
प्रभु तपाईं यो मेरो जीवनमा (कहिले नछुट्ने किनार भयौ) (२)
Verse
(हिँड़्नु छ मैले बिर्सेर ती पाइलाहरू,
रोज्नुछ केवल दुर्गम ती बाटोहरू) (२)
(कतै टाढ़ा भएँ, बिरानो भएँ, संसारको लेखी केवल अर्कै भएँ) (२)
Verse
(रित्तो छ यहाँ ख्रीष्टहितका आस्थाहरू,
अन्त छ केवल मूल्यहीन ती जीवनहरू) (२)
कतै नौलो भएँ, पुरानो भएँ, तपाईंको निम्ति केवल अर्कै भएँ (२)