पछ्याइरहन सकूँ म
D4/4
Verse
(पछ्याइरहन सकूँ म, प्रभुको सत्य मार्गलाई) (२)
(जहाँ सत्यता छ सत्य प्रभुजीमा) (२)
(सधैं गर्छु स्तुति महिमा) (२)
Verse
(सुनिरहन सकूँ म, प्रभुको सत्य वाणीलाई) (२)
(त्यो वाणीलाई म हृदय देखि नै) (२)
(सधैं म सुनिरहनेछु) (२)
Verse
(गाइरहन सकूँ म, प्रभुको मिठो गुणलाई) (२)
(पवित्र संगितले पवित्र प्रभुलाई) (२)
(सधैं गर्छु स्तुति महिमा) (२)
Verse
(सम्झी रहन सकुँ म, क्रूसको अनमोल प्रेमलाई) (२)
(त्यो अनमोल प्रेमले बचायो हामीलाई) (२)
(धन्यवाद स्तुति महिमा) (२)