KB · Hymns · #115
अपार छ प्रभु प्रेम कलवरीको वर्णन कसरी गरौँ
G3/4
Chorus
अपार छ प्रभु, प्रेम कलवरीको वर्णन कसरी गरौँ ?
धन्यवाद खालि दिन्छु तपाईंलाई, अरू म के चढ़ाऊँ ?
Verse
उद्धार गर्न म एक पापीको, क्रूस भारी बोक्नु भो
समर्पण गरी आदर, प्रशंसा, गिल्ला नै रोज्नु भो
Verse
श्रापित स्थान त्यो कलवरीमा, कोही थिएन प्रभुको
तै पनि कत्रो उद्देश्य थियो, द्वार खोल्ने मुक्तिको
Verse
पापी पिलातुस अति नै निष्ठुर, दोष भेट्न चाहन्थ्यो
चोर पनि त्यहाँ प्रभु तपाईंको निन्दा नै गर्दथ्यो