KB · Hymns · #318
अस्ताचलपारि महिमित देशमा
C2/4
Chorus
अस्ताचलपारि महिमित देशमा मेरो छ एउटा घर (२)
चाँडै नै येशू आउनुभएर पुर्याउँछन् सरासर (२)
Verse
सानो घरको छानोमुनि, थोरै कुरो भए पनि
सबैभन्दा सुखी छु म, कारण साथ छन् जयवन्त येशू
यहाँ सधैँ बस्ने होइन महिमित देशमा जानुछ
सुन्दर शहर, सुनको सडक, किनार स्वच्छ चाँदीको छ (२)
Verse
नाच्दै, हाँस्दै, स्तुति गाउँदै सन्तहरूसित हिँड़्नेछु
वीणा बजाउँदै गाउनेछु, म मुकुट पाई रमाउमेछु,
यो हो तेरो चम्किलो घर, भन्छन् मलाई प्रेमी ईश्वर
तयार छ यो तेरोलागि, राज गर् यहाँ सधैँ नानी (२)