KB · Hymns · #505
महिमा मारिएको थुमालाई
Dm4/4
Chorus
महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका प्रभुलाई
जयजयकार राजाहरूका राजालाई (२)
Verse
धन्यवाद, स्तुति, आदर र भक्ति मारिएको थुमालाई अति (२)
(इज्जत, मान, बैभव र शक्ति) (२)
अति (पवित्र) (३) (ईश्वरप्रति) (२)
Verse
होसन्ना आमिन्, गौरव र गीति मारिएका थुमालाई अति (२)
(प्रणाम, ढोग, दण्डवत् दृष्टि) (२)
ल्याउँछौँ (विजयी) (३) (ईश्वरप्रति) (२)