KB · Hymns · #258
हे सनातनका पहरा ख्रीष्ट
D4/4
Verse
हे सनातनका पहरा ख्रीष्ट, पाऊँ शरण तपाईंमा
क्रूसमा रगत पानी जो कोखबाट बहेथ्यो
शुद्ध पारोस् नीच मलाई पापको दोष र वश हटाई ।
Verse
व्यवस्था गर्न पूरा उध्योग पुग्दैनन् मेरा
उत्साह मेरो भए अपार आँसु चुहे लगातार
तै तीबाट पाइन्न त्राण, खाली ख्रीष्ट बचाउँछन् प्राण ।
Verse
हातमा भेटी ल्याउत्रँ म, खालि क्रूसमा भर पर्छु
आउँछु नाङ्गो असहाय, मेरो उद्धारक तपाईं
धारा माग्छु भई हताश, धुनोस् नत्र हुन्छु नाश ।
Verse
मेरो सहुञ्जेल आयु जब हुन्छ नि मृत्यु
अनि स्वर्गमा हेर्दा तपाईंलाई सिंहासनमा
हे सनातनका पहरा ख्रीष्ट, पाउँ शरण तपाईंमा ।