KB · Hymns · #562
हे हाम्रा स्वर्गमा बस्नुहुने पिता
D4/4
हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,
तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्य आओस् ।
तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस् ।
हाम्रो दिनभरिको रोटी आज हामीलाई दिनुहोस्
अनि हाम्रा अपराध क्षमा गर्नुहोस् ।
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ ।
हामीलाई परीक्षामा नल्याउनुहोस् तर दुष्टबाट बचाउनुहोस् ।
किनभने राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् ।
आमिन् आमिन् आमिन्
आमिन् ।