KB · Hymns · #283
येशू छेउ म जानेछु ज्योतिमा
G2/2
Verse
येशू छेउ म जानेछु ज्योतिमा, ज्योतिमा
उनकै साथ म हिँड़्नेछु, उनकै ज्योतिमा ।
Chorus
हिँड़्नेछु म (ज्योतिमा) (३)
हिँड़्नेछु म ज्योतिमा उनकै ज्योतिमा
Verse
क्षमा निश्चय पाउनेछु ज्योतिमा, ज्योतिमा
सबै पापलाई छोड़्नेछु उनकै ज्योतिमा ।
Verse
ख्रीष्टकै सेवा गर्नेछु ज्योतिमा, ज्योतिमा
सबै सामर्थ पाउनेछु उनकै ज्योतिमा ।
Verse
शैतान गर्न सक्छ के ? ज्योतिमा, ज्योतिमा
जयवन्त हुनेछु निश्चय उनकै ज्योतिमा ।
Verse
मृत्यु जब आउनेछ ज्योतिमा, ज्योतिमा
मलाई केको डर हुन्छ उनकै ज्योतिमा ।
Verse
जब स्वर्गमा पुगुँल ज्योतिमा, ज्योतिमा
तब आनन्द मनाउँला उनकै ज्योतिमा ।