KB · Hymns · #89
स्तुति होस् प्रभु ख्रीष्टको
D3/4
Chorus
स्तुति होस् प्रभु ख्रीष्टको, आदर र प्रशंसा
महिमा उनैको, होस् सदा-सर्वफा (२)
Verse
फर्केर हेर्छु विगत दिनहरू, वर्तमान नियाल्छु (२)
आशिष्को झरी जीवनैभरि (२) बर्सेको थाहा गर्छु
औधी रमाउँदै पूर्ण हृदयले, ख्रीष्टको बढ़ाइ गर्छु (२)
Verse
अन्त्यन्त प्रेमी, अति सामर्थी, ख्रीष्ट मेरा छन् साथी (२)
मेरो अविश्वास औ हारमा पनि (२) येशू छन् विश्वासी
तसकारण भन्छु, जय हल्लेलूयाह, धन्यवाद चढ़ाउँछु (२)
Verse
निराशमा आशा, दुःखमा शान्ति, असहायका सहारा (२)
राजाहरूका पनि ख्रीष्ट राजा (२) मेरा मुक्तिदाता
जय प्रभु येशू, जय मुक्तिदाता, जयजय हल्लेलूयाह (२)