KB · Hymns · #596
खुशीयाली मनाऔँ धन्यवाद येशूलाई चढ़ाऔँ
G4/4
Chorus
(खुशीयाली मनाऔँ, धन्यवाद येशूलाई चढ़ाऔँ) (२)
(जन्मिए येशू बेथलेहेम गाउँमा) (२) हामीलाई बचाउन) (४)
Verse
(गरौँ स्वागत ख्रीष्ट येशूलाई यो हाम्रो जीवनमा
जन्मिन्छन् उनी अहिले नै बनाउँछन् जीवन नयाँ) (२)
(उनी मात्र हुन् साँचो प्रभु) (२) (छैन कोही अरू) (२)
Verse
(विश्वमा हेर झिलिमिली छ, येशूको जन्म दिनमा
रमाइरहेछन् मानिरहरू भेला भई मण्डलीमा) (२)
(हामी पनि आनन्द मनाऔँ) (२) (येशूको गीत गाऔ) (२)