KB · Hymns · #460
आऊ सबै गीत गाऊ है हल्लेलूयाह
G4/4Translated
Verse
आऊ सबै गीत गाऊ है, हल्लेलूयाह आमिन्
होस् बढ़ाइ येशूकै, हल्लेलूयाह आमिन्
स्वर र मन उचाली सिंहासनको अघि
मनपर्दो छ स्तुति, हल्लेलूयाह आमिन् ।
Verse
मन उँभो उचाल्दै, हल्लेलूयाह आमिन्
खूब आकाश गर्जाउँदै, हल्लेलूयाह आमिन्
ख्रीष्ट हाम्रा हुन, हामीमा उत्रन्छन्
प्रेम उनको टुङ्गिदैन, हल्लेलूयाह आमिन्
Verse
गुण गाऔँ प्रभुको, हल्लेलूयाह आमिन्
शक्ति भर जीवनको, हल्लेलूयाह आमिन्,
स्वर्गमा पुगौँला, उनैलाई भेटौँला,
सधैँ नै गीत गाऔँला, हल्लेलूयाह आमिन्