KB · Hymns · #200
संसारमा पाप छ संसारमा दुःख छ
G4/4
Verse
संसारमा पाप छ, संसारमा दुःख छ यस्तै हो पनि
हे भाइ हो, कसरी हामी जाऔँला स्वर्गैमा ?
Verse
पापपछि दुःख पापीको सजाय आखिरमा नरक
हे बहिनी, यसरी लेखियो बाइबल पुस्तकमा ।
Verse
ईश्वर छन् प्रेमी, ईश्वर छन् न्यायी उहाँको उपाय
हे बहिनी, तिमी र हामी बाँच्न सुन न ।
Verse
ईश्वरका छोरा एक मात्र थिए संसारमा आई
हे बहिनी, पापैको सजाय बोके क्रूसैमा ।
Verse
ईश्वरको निगाह येशूको प्रेमले बाँच्न सक्छौँ
हे बहिनी, मर्नुभो येशू हाम्रो साटोमा ।
Verse
विश्वास गर पापबाट फर्कौँ, मुक्ति लिऔँ सित्तै
हे बहिनी, तिमी र हामी जाऔँला स्वर्गैमा ।