KB · Hymns · #475
विश्वास गरी प्रभुको चरणमा
D3/4
Chorus
विश्वास गरी प्रभुको चरणमा आऊ
आफ्ना भुललाई स्वीकारी उनैमा क्षमा पाउन,
उनी आए संसारमा बचाउन हामी सबैलाई
केवल उनमा छ मुक्ति, उनी हुन् साँचो गोठालो
Verse
कलवरी डाँड़ामा येशूलाई झुण्डीएको आज हेरिदेऊ
केवल तिम्रै निम्ति मात्र उनले आफ्नो प्राणसम्म दिए (२)
Verse
उनको प्रेमी बोलावट सुनिदेऊ, आफ्नो हृदय उनलाई खोलिदेऊ
उनी आउनेछन् तिमीमित्र दिनलाई अनन्त जीवन (२)