KB · Hymns · #564
ख्रीष्ट मेरो जीवनको मालिक
D4/4
Chorus
(ख्रीष्ट मेरो जीवनको मालिक हौ आशा-भरोसा तिमी नै
स्तुति गर्छु, प्रशंसा तिमीलाई,
प्राण-आत्मा-शरीर चढ़ाएर) (२)
Verse
(हे प्रभु मेरो हृदयमा वास गर अहिले नै) (२)
गर्छु सेवा तिम्रो जीवन दिएर
हे प्रभु, म त जहिल्यै, रित्तो भाँडो हुँ म,
हे प्रभु, भरिदेऊ ज्ञानको ज्योतिले
अन्जान छु, एक पापी हुँ म, ढाकिदेऊ मलाई प्रेमले ।
Verse
(रूवाउदिनँ म हे प्रभु, तिमीलाई कहिल्यै नै) (२)
घमण्ड, दुष्टताको पछि लागेर
पापी संसारबाट कहिल्यै हिँड़्न म आफै सक्दिनँ,
डोर्याऊ मलाई पल-पलमा,
बन्न सकूँ तिम्रो उदाहरण बल्दो दीपझैँ सधैँ ।