KB · Hymns · #353
जवानीलाई प्रभुको निम्ति जिउँदो बलिदान चढ़ाऊ
C3/4
Chorus
जवानीलाई प्रभुको निम्ति जिउँदो बलिदान चढ़ाऊ
संसारलाई त्यागी आफ्नो क्रूस उठाई प्रभुलाई नै पछ्याऊ है
Verse
यो शरीर तिम्रो मन्दिर हो जहाँ ईशवरले वास गर्छन्
यसलाई सधैँ पवित्र राख, प्रभुले राज गर्छन् ।
Verse
आफैलाई प्रभुको सिपाही बनाऊ, लड़ाइँ छ लामो, हरेस नखाऊ,
विश्वासको उत्तम लड़ाइँ लड़, प्रभुले जय दिन्छन् ।