KB · Hymns · #195
आऊ सबै मुक्तिलाई खोजौँ
D6/8
Chorus
आऊ सबै, मुक्तिलाई खोजौँ मुक्ति पाई, स्वर्गमा राज गरौँ
Verse
हामी सबै पापी थियौँ जान लाग्यौँ नाशमा (२)
नाशदेखि बचाउनलाई (येशू आए जगमा) (२)
Verse
येशू, तपाईं जगमा आइ गर्नुभयो प्रेम (२)
प्रेम गरी बस्नुभयो (आज हाम्रो साथमा) (२)
Verse
रोगीहरू विश्वास गर्दै आए उनको छेउमा (२)
विश्वास गरी निको भई (गए आफ्ना घरमा) (२)
Verse
हामी सबै पापी भयौँ जान्छौँ क्यारे नाशमा (२)
नाशदेखि बचाउनलाई (येशू मरे क्रूसमा) (२)
Verse
मानिसको पाप लिई टाँसिदिए क्रुसमा (२)
क्रूसमा चढ़ी रगत बहाई (बौरी उठे अन्तमा) (२)