KB · Hymns · #417
घर घर घुमेर प्रभुलाई प्रचार
D6/8
Chorus
घर-घर घुमेर प्रभुलाई प्रचार, कस तिम्रो कम्मर,
लौ होऊ तयार, लौ होऊ तयार, लौ होऊ तयार
Verse
पाप र अन्धकारले भरियो संसार (२)
धर्मको ज्योति फैलाउनलाई लौ होऊ तयार (३)
Verse
हिम्मत बाँधी विश्वास गरी क्रूसलाई लिई निशान (२)
येशूज्यू, हुन् कप्तान हाम्रो, हार्नेछ शैतान (३)
Verse
ख्रीष्टको वचन सुनाउनलाई कम्मर सबले कसौँ (२)
जस्तै संकट परे पनि पछाड़ि नहटौँ (३)
Verse
गर्छौ जति ख्रीष्टको प्रचार दुःख-कष्ट सहेर (२)
दिन्छन् उनले प्रतिफल जीवनमा अनन्त (३)