KB · Hymns · #127
गाऔँ गाऔँ जय गीत
G4/4
Chorus
गाऔँ-गाऔँ जय गीत, गाऔँ ताली बजाएर गाऔँ (२)
येशू राजा बौरी उठे हल्लेलूयाह, रमाएर सुनाऊ समाचार (२)
Verse
चिहानमा थियो त्यो ठूलो ढुङ्गा, हट्यो हेर कसरी त्यो (२)
रोमी राज्यको मोहर, बन्धन राख्न सक्दैन एकलौटे पुत्र ईश्वरको ।
Verse
नरोऊ-नरोऊ, विलाप नगर, गालीलमा देऊ समाचार (२)
कि ख्रीष्ट बौरी उठे वचनअनुसार तुरुन्त सुनाऊ यो प्रचार ।
Verse
हन्ना कैफा पूरा न्यायको सभा डरले भए व्याकुल (२)
अन्धकारको शक्ति नष्ट हुनाले साह्रो आत्तियो शैतान ।
Verse
विश्वासीहरू शिरलाई उँभो उठाऔँ आउँदैछन् महाराजा (२)
नरसिङ्गा, सितार र तबला बजाऔँ, पुकारौ हल्लेलूयाह ।