KB · Hymns · #184
हे प्रभु गर्छौं समर्पण
G3/4
Verse
हे प्रभु गर्छौं समर्पण विश्वास र प्रार्थनासाथ
बालबच्चा हाम्रा तपाईंलाई, लौ लिनोस् ईश्वर नाथ ।
Verse
तपाईंले आफ्नो मण्डलीलाई दिनुभयो करार
त्यसमा यिनै भाग लिएर पाऊन् सबै उद्धार ।
Verse
यस पृथ्वीमा डुल्दाखेरि प्रेम गरेर तपाईं
अङ्गालो हाल्नुहुँदथ्यो बालबच्चाहरूलाई ।
Verse
ऐले पनि दिनुहोस् अनुग्रहको यो वर
हामी र हाम्रा बच्चालाई, हे दयालु ईश्वर ।
Verse
बाल रहुञ्जेल जोगाउनुहोस् सांसारिक लोभदेखि
र धार्मिक पथमा ल्याउनुहोस् तिनलाई जीवनभरि ।