KB · Hymns · #319
गाऔँ गीत प्रभुको मिलिजुली
C4/4
Chorus
गाऔँ गीत प्रभुको मिलिजुली छौँ सब जो (२)
Verse
प्रभु हाम्रो गोठाला सबलाई घटी के होला ?
हरियो-हरियो घाँसैमा सबलाई चराई लिईहिँड़्लान् (२)
Verse
पुर्याई निर्मल नदीमा विश्राम दिन्छन् मनैमा,
आफ्नै नाउँको निम्तिमा डोर्याउँछन् ठीक बाटोमा (२)
Verse
मृत्यु छाया तराईमा हिँड़्छु जोखिम नडराई
उनको लट्ठी समाई शान्ति दिन्छन् हामीलाई (२)
Verse
सामु जब वैरी आयो हाम्रालागि भोज राख्यो
हाम्रा प्याला उम्लियो शिरमा तेल लगाइदियो (२)
Verse
निश्चय प्रभुको दया जीवनभरि होइरहला
जब स्वर्गमा पुगौँला सदासर्वदै बसौँला (२)