KB · Hymns · #380
यो जग कहिल्यै छैन स्थिर
D6/8
Chorus
यो जग कहिल्यै छैन स्थिर (२)
कहिले रुनु, कहिले हाँस्नु छैन सदा स्थिर
Verse
समुद्रको छालैसरि संसारैको गत छ (२)
कहिले जन्म, कहिले मरण, सराबरी चल्छ ।
Verse
मेरो-मेरो जगले भन्छ, मेरो छैन केही (२)
आत्मै* उड़ी आत्मालोकमा, मट्टी हुन्छ देही ।
Verse
कर्कलोको पानीसरी, ढलिजान्छ देही (२)
माया मोह धेरै-धेरै, लानेछैन केही ।
Verse
प्रभु हाम्रो स्वर्ग धनी, टिठाई दर्शन देऊन (२)
जगत् पापमा ढलिगयो, चिन्ने आत्मा देऊन ।