KB · Hymns · #843
टेक्ने छ हर घुँडा येशूको नाउँमा
C4/4Translated
Verse
टेक्ने छ हर घुँडा येशूको नाउँमा
हर जिब्रो प्रचार्छ महिमाको राजा
उनलाई प्रभु मान्नु पिताको इच्छा
आदिदेखि हुने वचन ईश्वरका ।
Verse
नम्र जन्म लिएर पाए नाम प्रभु
पापीलाई बचाउने त्यो नाम हो येशू
विश्वासी निष्पापी अन्तसम्म भई
मरणदेखि ब्यूति, स्वर्गमा फर्के ।
Verse
हदयमा येशूलाई राज गर्न देऊ
सबै हटाइदिन्छन् अपवित्र झूटो
परिक्षा परी उनको आज्ञा मान
उनको इच्छामा छ ज्योति र जीवन ।
Verse
प्रभु येशू फेरि आउनेछन् हे भाइ
परमेश्वरको महिमा स्वर्गदूतगण साथै
अधिकार सब उनमा, भएछ जम्मा
उनलाई मानिलिन्छौ, मंहिमाको राजा