KB · Hymns · #86
हा हा हल्लेलूयाह, मिली हामी भजौँ
D4/4
Chorus
हा हा हल्लेलूयाह, मिली हामी भजौँ, भजन प्रभुज्यूको (२)
Verse
उनी राजाहरूका राजा, उनको चरणमा आऔँ आज (२)
उनको स्तुति गाऔँ, उनको महिमा गाऔँ (२)
तन-मनसाथ उनलाई भजौँ ।
Verse
येशू ख्रीष्ट संसारमा आए, हाम्रो पापको भार उठाए (२)
उनमा विश्वास गरौँ, उनको शरण परौँ (२)
पाइँछौँ मुक्तिदान, हामी सब आऔँ ।
Verse
जाति-जातिका मानिस आऔँ, प्रभु येशूको गुण गाऔँ (२)
उनले पापी मनमा भर्छन् शान्ति पूरा (२)
उनले पापीलाई दिन्छन् जीवन ।