KB · Hymns · #371
भरोसा छैन जीवनको बादल झैँ यो जीवन हो
D2/2
Chorus
भरोसा छैन जीवनको, बादल झैँ यो जीवन हो
एक दिन हामीलाई जानुछ येशू मसीहको सन्मुखमा
Verse
ईश्वरको पुत्र येशू हुन्, अवतार भए पापी जगत्मा
पापदेखि मुक्ति उनैले दिन्छन्, बाटो सच्चाइ, जीवन उनी
स्वर्गको मुनि नाउँ अरू छैन, मुक्ति दिनलाई ।
Verse
धर्म र कर्म गरेर, संसारको सुखमा भुलेर समय नष्ट नगरौँ
फर्केर केरि आउँदैन, येशू मसीह नजीकै छन्, मुक्ति दिनलाई ।
Verse
साँचो हृदय लिएर, साष्टाङ्ग दण्डवत् गरेर, हे येशू म पापी
चरण तिम्रो पर्दछु, क्रूसको रगत अपनाउँछु, मुक्ति दिनुहोस् ।